अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

राम्रोसँग निद्रा नपर्ने व्यक्तिको सोच्ने–सम्झने क्षमता घट्ने : अध्ययन

बिआरटीनेपाल २०८० माघ १२ गते ५:३३ मा प्रकाशित

राम्रोसँग निद्रा नपर्ने व्यक्तिमा मस्तिष्कको सोच्ने–सम्झिने क्षमतामा असर पुग्न सक्ने एक अध्ययनले देखाएको छ ।अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को स्नायुविज्ञान विभागको नेतृत्वमा भएको अध्ययनले भारतमा १० मध्ये एक व्यक्ति राम्रोसँग निद्रा नलाग्ने समस्याबाट प्रभावित रहेका र त्यस्ता व्यक्तिमा मस्तिष्कको कार्यक्षमतामा असर पुग्ने गरेको देखाएको हो ।

राम्रोसँग निद्रा नपर्ने समस्या भएका मानिसहरूको मस्तिष्कको कार्यक्षमता निद्राको समस्या नभएका मानिसहरूको तुलनामा कम पाइएको एम्सको स्नायुविज्ञान विभागका प्रमुख डा. कामेश्वर प्रसादले बताउनुभयो । रातिमा पटक–पटक बिउँझिने समस्या निद्रामा श्वासप्रश्वास राम्रोसँग नहुनुका कारण देखिन्छ । निद्रा पूरा नहुँदा शरीरमा असर पुग्ने र दैनिकीमा पनि प्रभाव पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

यस्तै घुर्ने समस्याले पनि निद्रामा असर गरेको पाइएको छ । घुर्नबाट रोक्न तौलमा नियन्त्रण राख्न र सुत्नुअघि नाक सफा गर्न विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू