अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

नेपाली सेनाका उपरथी अशोक सिग्देल रथीमा बढुवा

बिआरटीनेपाल २०८० मंसिर २१ गते ६:११ मा प्रकाशित

नेपाली सेनाका उपरथी अशोक सिग्देल रथीमा बढुवा हुनुभएकाे छ । आज(बिहीबार) बसेकाे मन्त्रिपरिषद्को बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।जङ्गी अड्डाले मङ्सिर १७ मा उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो भने मङ्सिर ८ मा उहाँलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले जङ्गी अड्डाको सिफारिस मन्त्रिपरिषद्मा पेश गरेपछि उहाँलाई बढुवा गर्ने निर्णय भएको हो । यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी तारा ध्वज पाण्डेको उमेर विवादका कारण उहाँले पदबाट राजीनामा दिनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू