अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

शेयर बजारमा सामान्य सुधार, कारोबार रकममा भने कमी

बिआरटीनेपाल २०८० मंसिर २० गते ५:२३ मा प्रकाशित

शेयर बजारमा आज सामान्य सुधार भएको छ । हिजो १० अङ्क भन्दा धेरैले घटेको शयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा पुगेको छ । आज जीवन विमा समूहको शेयर एक सय २५ अङ्क भन्दा धेरै र विकास बैंक, लघुवित्त, व्यापार, लगानी लगायतका समूहको शेयर सामान्य बढेको छ ।

आज ग्लोबल आइएमइ लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समग्रमा बजारमा सुधार आएपनि सिंगटी हाइड्रोको शेयर नौ प्रतिशत भन्दा धेरैले घट्यो । आज कारोबार रकम हिजोको तुलनामा घटेर एक अर्ब १४ करोड रुपैयाँमा भरेको छ । आज सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्सुरेन्सको सात करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू