अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

भूकम्प प्रभावित क्षेत्र पुन:निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा

बिआरटीनेपाल २०८० मंसिर १३ गते ६:३२ मा प्रकाशित

कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी गरेको विज्ञप्ति अनुसार विभिन्न संघ/संस्था र व्यक्तिबाट १८ करोड ९१ लाख ९६ हजार १८२ रुपयाँ ८० पैसा जम्मा भएको छ ।

विनासकारी भूकम्पमा परि जाजरकोट र रुकुम (पश्चिम)मा १५३ जनाको ज्यान गरेको थियो । ८ जिल्लामा भौतिक संरचना ध्वस्त भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू