अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै महासंघ

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:२२ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला, २०२३ आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मंसिर १४ देखि १८ गतेसम्म भृकुटीमण्डपमा सो मेला आयोजना गर्न लागिएको जानकारी गराइएको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण केही वर्ष रोकिएको मेलालाई निरन्तरता दिन लागिएको बताउनुभयो ।

मेलाले आन्तरिक उत्पादनलाई विश्व बजारमा लैजान मद्दत पुग्ने र अन्तर्राष्ट्रिय उत्पादनका निर्यातकर्ता र आयातकर्ताको एकै ठाउँमा भेट हुने माध्यम बन्ने उहाँले बताउनुभयो । मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट आठरआठ स्टल रहने ढकालले जानकारी दिनुभयो । २१० स्टलमार्फत मेलामा स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू