अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

अमेरिकी शिशुको खानामा अझै पनि न्यून मात्रामा कीटनाशक तत्त्व भेटिएको दाबी

बिआरटीनेपाल २०८० मंसिर १२ गते ६:०५ मा प्रकाशित

अमेरिकामा बच्चाको खानामा अझै पनि सम्भावित हानिकारक कीटनाशक तत्वहरू भेटिने गरेको दाबी गरिएको छ ।एक गैर–नाफामूलक अमेरिकी पर्यावरण समूह वातावरणीय कार्य दल (ईडब्ल्यूजी) ले सार्वजनिक गरेको पछिल्लो अनुसन्धानमा अमेरिकामा बच्चाको खानामा विषाक्त कीटनाशकहरू रहेको पाइएको उल्लेख गरेको छ । तर यो ३० वर्ष पहिलेको तुलनामा अत्यन्त कम मात्रामा रहेको नयाँ अध्ययनले देखाएको छ ।

अध्ययन गरिएका ५८ शिशुमध्ये २२ जनामा कम्तीमा एउटा कीटनाशक अवशेष भेटिएको ईडब्ल्यूजीले दाबी गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विशेष गरी शिशुहरू र साना केटाकेटीहरू कृषि कीटनाशकको अवशेष भएको खाना खाँदा स्वास्थ्यमा हुने सम्भावित हानिहरूको चपेटामा पर्ने ईडब्ल्यूजीले भनेको छ । अमेरिकाका तीन लोकप्रिय ब्रान्डहरू बीच–नट, गेरबर र पेरेन्ट्स च्वाइसका उत्पादनहरूको परीक्षण गरेको बताएको छ । ईडब्ल्यूजीका अनुसार सन् १९९५ मा गरिएको यस्तै अध्ययनको तुलनामा शिशुको खानामा कीटनाशकको मात्रा घट्दै गएको छ ।

मस्तिष्कमा क्षति पुर्याउने बग किलर क्लोरपाइरिफोसको निकै थोरै मात्राले पनि शिशु र बालबालिकाको स्वास्थ्यलाई स्थायी रूपमा क्षति पुर्याउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू