अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५६
| Colorodo: 09:11
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको छ । पूर्वराजा शाहले शनिबार दिउँसो झापाको बिर्तामोडस्थित इकम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्नुभएको हो ।
सालिक अनावरणका लागि पूर्णराजा शाह शुक्रबार नै झापा जानुभएको थियो । आज मेचीनगरस्थित होटल मेची क्राउनबाट हजारौँ मोटरसाइकलको र्यालीका साथमा स्कर्टिङ गरेर पूर्णराजा शाहलाई बिर्तामोडसम्म लगिएको थियो। शाहको स्वागतका लागि बिर्तामोडमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका थिए । पूर्वराजा शाहले सालिक अनावरण कार्यक्रममा सम्बोधन भने गर्नुभएन ।