अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको निधन

बिआरटीनेपाल २०८० कार्तिक २८ गते ५:२६ मा प्रकाशित

मंगलबार वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको ९० बर्षको उमेरमा दुःखद निधन भएको छ । हर्निया रोगबाट पीडित मानन्धरको उपचारका क्रममा बयोधा अस्पतालमा निधन भएको हो । जीवनको उत्तरार्धमा पनि साहित्य सिर्जनामा नै निरन्तर सक्रिय मानन्धरलाई बाल साहित्य रत्न उपाधिबाट सम्मानित गरिएको थियो ।

उहाँ नेपाली बाल साहित्यका सर्जक, प्रवर्धक, प्रकाशक,अनुवादक, अन्वेषक, प्रचारक र प्रसारक समेत हुनुहुन्थ्यो । मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानहरूबाट समेत सम्मानित हुनुभएको  थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू