अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

अनु शाहको कविता सङ्ग्रह ‘अनुराग’ लोकार्पण

बिआरटीनेपाल २०८० कार्तिक १८ गते ८:२० मा प्रकाशित

साहित्यकार एवं गीतकार अनु शाहको कवितासङ्ग्रह ‘अनुराग’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शाहको कवितासङ्ग्रह को लोकार्पण गर्नुभएको हो । आयोजित कार्यक्रममा लोकार्पित पुस्तकका वारेमा वरिष्ठ साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक प्रा. पुरुषोत्तम दाहाल र साहित्यकार तथा वरिष्ठ चलचित्रकर्मी प्रकाश सायमीले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि ओलीले कृतिमा रहेका कविताको चर्चा गर्नुभएको थियो । अनु शाहका श्रीमान् सूर्य चन्दले स्तन क्यान्सरबाट पीडित रहनुभएकी आफ्नी श्रीमतीलाई थाहै नदिइकन यो पुस्तक तयार पारेको बताउनुभयो ।

सो अवसरमा कृतिको भूमिका लेखन, सम्पादन तथा प्रकाशनमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वलाई ‘अनुराधा फिल्मस् इन्टरनेशनल विशेष व्यक्तित्व सम्मान’बाट सम्मानीत गरिएको थियो । सम्मानबाट वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, प्रकाश सायमी, अनेसास बोष्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त, वरिष्ठ गीतकार अमर वान्तु, कलाकार एवं कृषि अभियन्ता शेखर खनाल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा. डिबी राणपाल (एमएपिएचडी), सम्पादक रमेश दाहाल, पत्रकार गीतकार गीता अधिकारी सम्मानीत हुनुभएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाका विशिष्ठ व्यक्ति र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू