अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

इजरायलद्वारा जर्मनीसँग कीर्तिमानी एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर

बिआरटीनेपाल २०८० असोज १२ गते ६:५५ मा प्रकाशित

इजरायलले विगतको कीर्तिमानी तोड्दै ३.५ बिलियन अमेरिकी डलर एरो–३ मिसाइल सम्झौतामा हस्ताक्षर गरेको छ । बिहीबार युरोपेली देशलाई एरो ३ हाइपरसोनिक मिसाइल प्रतिरक्षा प्रणाली बेच्न जर्मनीसँग सम्झौता गरेको हो । इजरायली रक्षा मन्त्रालयले इजरायली रक्षामन्त्री योभ गालान्ट र जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनमा सम्झौतमा हस्ताक्षर गर्नुभएको बताएको छ ।

दुई मन्त्रीले दुई पक्षिय सुरक्षा सम्बन्ध सुदृढ गर्ने वाचा गर्दै संयुक्त विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । जर्मनीले ६ सय मिलियन डलर तत्काल भुक्तानी गर्नेछ । त्यस लगत्तै इजरायलले जर्मनीको लागि एरो ३ ब्याट्रीको उत्पादन सुरु गर्नेछ । एरो ३ इजरायलको सबैभन्दा उन्नत क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू