अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

भारतको मणिपुरमा हिंसात्मक प्रदर्शन उग्र बन्दै

बिआरटीनेपाल २०८० असोज ११ गते ६:५४ मा प्रकाशित

भारतको मणिपुरमा मैतेई समुदायका २ विद्यार्थीको मृत्युको विषयलाई लिएर सुरु भएको प्रदर्शन उग्र बन्दै गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार राजधानी इम्फलमा कर्फ्यु जारी गरिएको छ । गत जुलाईमा बेपत्ता भएको ती दुई जना विद्यार्थीको मृत्यु भएको पुष्टि भएपछि विरोध प्रदर्शन थप हिंसात्मक बन्दै गएको हो ।

राजधानी इम्फलमा बुधबार प्रदर्शनकारीले एक नेताको घरमा आक्रमणको प्रयास गर्नुका साथै प्रहरीमाथि कुटपिट गरि हतियार खोसेर लगेको समाचारमा उल्लेख छ । मणीपुर प्रहरीले बुधबार राती विज्ञप्ती जारी गर्दै अनियन्त्रीत भिडले सुरक्षाकर्मीको सवारीमा आगजनी गरेको र भिडलाई नियन्त्रण गर्न अश्रु ग्याँसको प्रयोग गरिएको जनाएको छ ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । हतियार खोसेर फरार भएकोहरुको तीब्र खोजी भईरहेको पनि प्रहरीले जनाएको छ । प्रदर्शनलाई मध्यनजर गर्दै कर्फ्यु जारी गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू