अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०४ | Colorodo: 07:19

पाकिस्तान १९ वर्ष मुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा

बिआरटीनेपाल २०८० असोज ६ गते ६:१८ मा प्रकाशित

पाकिस्तान १९ वर्ष मुनिको साफ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज दशरथ रंगशालामा माल्दिभ्ससँग बराबरी खेल्दै पाकिस्तान सेमिफाइनलमा पुगेका हो । पाकिस्तान र माल्दिभ्सले एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘ए’ मा पाकिस्तानको चार अङ्क भएको छ । माल्दिभ्सको एक अङ्क छ । यो समूहमा नेपाल अङ्क विहीन छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई १–० गोलले हराएको थियो ।

समूह चरणको अन्तिम खेलमा सोमवार नेपाल र माल्दिभ्स खेल्नेछन् । अघिल्लो चरणमा पुग्न नेपालले माल्दिभ्सलाई हराउनुपर्ने हुन्छ भने माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ । आज हुने अर्को खेलमा समूह ‘बी’ मा रहेको भुटान र बंगलादेश साढे ५ बजे दशरथ रंगशालामा खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू