अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३७ | Colorodo: 14:52

शिक्षकहरुको आन्दोलन जारी

बिआरटीनेपाल २०८० असोज ४ गते ७:११ मा प्रकाशित

सरकारले संसद्‌मा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्। देशभरबाट आन्दोलनका लागि काठमाडौँ पुगेका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो। आन्दोलनका कारण माइतीघर, सिंहदरबार र नयाँबानेश्वरको सडकमा आजपनि यातायात ठप्प भयो ।

आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ। बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ। शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ। संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासंघले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू