अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

ललिता जग्गा प्रकरण छानबिनका लागि सघाउन तयार छु : डा.भट्टराई

बिआरटीनेपाल २०८० साउन २७ गते ५:३९ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफू प्रधानमन्त्री हुँदा आफुले सानो अंशमा केही निर्णय गरेको त्यसको छानबिनका लागि आफू सघाउन तयार रहेको बताउनु भएको छ । पार्टीले सञ्चालन गरेको अभियानका क्रममा सुर्खेत पुग्नु भएको अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा ललिता निवास जग्गा प्रकरणमा आफू छानबिनका तयार रहेको बताउनुभएको हो ।

ललिता निवासको जग्गा प्रकरणमा त्यो निर्णयले राज्यलाई हानी नोक्सानी भएको भए त्रुटी भएको भए आफू त्यसका लागि तयार नै रहेको उहाँको भनाइ छ । शासकीय स्वरुप बदल्नु पर्ने अवस्था आइपुगेको भन्दै उहाँले प्रत्यक्ष प्रणालीमा जानुपर्नेमा जोड दिनुभयो ।

कसैको पूर्ण बहुमत नभएका कारणले गठबन्धन जुनसुकै बेला भत्किन सक्ने उहाँको दावी छ । देशमा भएका भ्रष्टाचारका काण्ड बहुदलीय व्यवस्थादेखि काण्ड घट्ने गरेको अहिले पनि शक्ति हुँदा काण्ड हुने गरेको त्यसको अन्त्यका लागि अब उच्चस्तरीय छानबिन समिति बनाउनु पर्नेमा भट्टराईको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू