अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

ईश्वर कहाँ छैन ! ! !

शालिकराम घले २०८० साउन १४ गते ९:३४ मा प्रकाशित

तिमी सोध्छौ,
ईश्वर कहाँ छ ?
म भन्छु
सुन्ने कानमा छ
हेर्ने आँखामा छ
धडकिरहने मुटुको
हर धड्कनमा छ
नदेखिने यी कण कणमा छ!!
भन,
ईश्वर कहाँ छैन!!!

दूध पिलाउने शिशुको
आमाको स्नेहमा छ!!
नव मण्डलमा पाइने
समस्त जीवमा छ!!
निल गगनमा उदाउने
तारा पुन्जमा छ
प्रभात सँगै झुल्कने
अरुणाेदयमा छ!!
भन,
ईश्वर कहाँ छैन!!

मग मग भई फुलिरहने
फूलको परागमा छ,
नदी किनारमा पौडिरहने
पत्थरको स्पर्शमा छ!!
बतसिएर झुलिरहने
वृक्षको तरङमा छ
बतास सँगै गुन गुनाइ रहने
लतिफाका ती पातहरूमा छ!!
भन,
ईश्वर कहाँ छैन!!!

चहराइ रहेको मान्छेको
घाउहरूमा छ
आवाज विहीनहरूको
आवाजमा छ!!
पीडितहरूको क्रन्दनमा छ,!!
भन,
ईश्वर कहाँ छैन!!!

दृष्टि तिम्रो भ्रम हुँदा
उ कहीँ पनि देखिँदैन
तिम्रो हेर्ने दृष्टि फेरिदा
जताततै उ नै उ छ
भन त अब,
ईश्वर कहाँ छैन!!!