अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

बैंक भोलिदेखि साँझ ८ बजेसम्म खुल्ने

बिआरटीनेपाल २०८० असार २२ गते ८:१९ मा प्रकाशित

बैंक भोलिदेखि  साँझ  ८ बजेसम्म खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंकलाई असार २३ देखि ३० गतेसम्म  साँझ ८ बजेसम्म सेवा संचालन गर्न निर्देशन दिएको छ ।   राष्ट्र बैंकले अर्थमन्त्रालय र महालेखा नियन्त्रणको कार्यालयको अनुरोधमा शुक्रबार सूचना निकालेर बैंकलाई असार २३ र ३० गते शनिबार समेत  साँझ ८ बजेसम्म र  असार ३१ गते बेलुकी ७ बजेसम्म सेवा दिन निर्देश गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्षको अन्त्यमा हुने कारोबारको चापलाई मध्यनजर गर्दै राजश्व कारोबार गर्ने बैंकलाई चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफर र स्टेटमेन्ट  लगायतका सेवा  साँझसम्म दिन  सूचित गरेको हो ।

प्रतिक्रिया