अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

अन्तर बैंक ब्याज दर पुनः बढ्यो

बिआरटीनेपाल २०८० असार २० गते ६:२६ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले बजारमा बढी भएको तरलतामध्ये २० अर्ब रुपैयाँ तानेपछि अन्तर बैंक ब्याज दर पुनः बढेको छ । २ प्रतिशतमा झरिसकेको अन्तर बैंक सापटी दर रिभर्स रिपोपछि ६ प्रतिशतसम्म पुगेको थियो । रिभर्स रिपोको अवधि सकिएपछि पुनः ३ प्रतिशतमा आएकोमा बुधबार पुनः बढेको छ । बजारमा ५३ अर्ब रुपैयाँ अधिक तरलता देखिएपछि मंगलबार राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारबाट तानेको थियो ।

बैंकहरुका अनुसार बुधबार अन्तर बैंक सापटीको औषत दर ५ दशमलव शून्य ६ प्रतिशत छ । पछिल्लो समय निक्षेप निरन्तर बढेको तर ऋणको माग नहुँदा बैंकहरुमा तरलता थपिएको छ । राष्ट्र बैंकका अनुसार अहिले बाणिज्य बैंकहरुसँग कुल निक्षेप ४९ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । एक दिनमै निक्षेप ६ अर्ब रुपैयाँसम्मले बढिरहेको छ । ऋण भने ४३ खर्ब ४ अर्ब रुपैयाँमा सीमित रहेको बैकर्स संघले जनाएको छ ।

प्रतिक्रिया