अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

डोनाल्ड ट्रम्पमाथि ह्वाइट हाउसका गोप्य दस्तावेज अपचलन गरेको अभियोग

बिआरटीनेपाल २०८० जेठ २६ गते ६:१९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात चुहावट र दुरुपयोगको आरोपमा अभियोग लगाइएको छ ।अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पलाई ह्वाइट हाउसको गोप्य कागजात तोडमोड गरेको तथा दुरुपयोग गरेको कसुरमा अभियोग लगाईएको स्वयं ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत बताएका छन् ।प्mलोरिडाको मायामीमा रहेको संघिय अदालतमा आउँदो मंगलवार ट्रम्प हाजिर हुनुपर्नेछ । उनीविरुद्ध गोप्य कागजातसम्बन्धी विभिन्न सात वटा मुद्दा लगाईएको छ । पूर्व राष्ट्रपति ट्रम्पलाई गत अप्रिलमा म्यानहट्टन फौजदारी अदालतमा ३६ वटा अपराधको अभियोग लगाइएको थियो ।

संघिय अदालतले भने ट्रम्पलाई पहिलो पटक बोलाएको हो । पछिल्लो अभियोजनले ट्रम्पको चुनावी अभियानका धक्का पुग्नेछ । यो अभियोगबारे अमेरिकाका सरकारी निकायहरु नै बेखबर थिए । अमेरिकी गुप्तचर सेवा र अमेरिकी मार्शलहरूले आरोपको बारेमा अग्रिम सूचना पाएका थिएनन् । पूर्व राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा घोषणा गरेपछि मात्रै उनीहरुले यस विषयमा जानकारी पाएका हुन् । अमेरिकी गोप्य सेवाले पूर्व राष्ट्रपतिको सुरक्षा हेर्ने गर्दछ भने मार्शलहरूले अदालत र न्यायाधीशहरूको सुरक्षा प्रबन्ध मिलाउछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू