अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

मुलुकमा सामन्ती र फटाहा बढे : पूर्वप्रधानमन्त्री नेपाल

बिआरटीनेपाल २०८० जेठ २६ गते ६:१० मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा शोषक, सामन्ती र जाली–फटाहा बढेको बताउनुभएको छ । अध्यक्ष नेपालले शुक्रबार पार्टी निकट पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठनको प्रथम महाधिवेशन उदघाटन गर्दै  पैसामा लोभिने र  जाली–फटाहाहरुको बिगबिगी रहेको र  इमान्दारहरू पिल्सिरहनुपर्ने अवस्था भएको उल्लेख गर्नुभयो ।  ‘मुलुकमा भ्रष्टाचार बढेको छ’ उहाँले भन्नुभयो–  पैसामा मात्रै लोभिने प्रवृति बढेको छ । शोषक, सामन्ती र जाली–फटाहा प्रवृति बढेको छ । समाजमा यस्तो प्रवृतिको अन्त्य हुन जरुरी छ ।’

यस्तो अवस्थालाई आफूहरूले परिवर्तन गर्न चाहेको अध्यक्ष नेपालको भनाई छ । असल कामको चर्चा होस्’ उहाँले भन्नुभयो–  समाजमा सबै सकारात्मक(नकारात्मक कुरा हुन्छन् सबै आवस् । आग्रह पूर्वाग्रह गर्नुपर्ने कुनै आवश्यकता छैन । संविधानको रक्षा गर्ने गरी काम गर्नुपर्छ ।’ अध्यक्ष नेपालले संविधानले सबै हक अधिकारको प्रत्याभूत गरेको स्मरण गराउँर्दै त्यसको रक्षा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।  ‘हाम्रो संविधानले संघीयता, गणतन्त्रलाई सुनिश्चित गरेको छ,  समाजवादमुखी अर्थतन्त्रको मान्यतालाई अघि सारेको छ’ उहाँले भन्नुभयो– संविधानमाथि आँच आउने कुनै पनि क्रियाकलाप अघि बढ्छ भने त्यसका विरुद्ध कलम चलाउनुहोस् । जनतामा चेतना, देशको स्वाभिमान रक्षाका लागि निरन्तर लाग्नुस् । हाम्रो साथ र सहयोग रहन्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू