अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

देशको समग्र हितको रक्षापछि मात्रै संसद्काे अवराेध हट्छ : केपी ओली

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:०३ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताउनुभएको छ ।  आइतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को अवराेध हटाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकाे विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू