अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

”भारत भ्रमणको लक्ष्य पूरा भएको छ” -प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० जेठ २० गते ८:०५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ ।नेपाल फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गर्नुभयो ।यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीहरु पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, मन्त्रीहरु, पार्टीका नेता लगायतका स्वागत गरेका छन् ।

विमानस्थलमै भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतसँग भएका मुख्य ७ वटा सम्झौतालाई वाचन गरेर सुनाउँदै आफ्नो भारत भ्रमण निक्कै फलदायी भएको दाबी गर्नुभयो । उहाँले आफूले जे लक्ष्य लिएर भारत गएको हो त्यो लगभग पूरा भएको दाबी गर्नुभयो ।नेपालले भारतलाई बिजुली बेच्ने, सुक्खा बन्दरगाह, सीमा समस्याको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको र संयुक्त पत्रकार सम्मेलनमा मोदीले दिएको प्रतिक्रियाबाट आफू उत्साहित भएको प्रचण्डको भनाइ छ । आफ्नो भ्रमणले दुई देशबीच विश्वासको वातावरण बनेको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू