अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

एलन मस्क पुनः बने विश्वकै धनाढ्य व्यक्ति

बिआरटीनेपाल २०८० जेठ १८ गते ४:३९ मा प्रकाशित

विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।फ्रान्सका व्यापारी बर्नार्ड आर्नल्टलाई पछि पार्दै मस्क नम्बर एक धनाढ्य बनेका हुन् ।

पछिल्लो एक महिनामा टेस्ला कम्पनीको शेयर २५ प्रतिशत बढ्दा मस्कको नेटवर्थमा पनि वृद्धि भएको हो । सो अवधिमा बर्नार्ड आर्नल्टको सम्पत्ति पनि घटेको छ । मे ३१ को आँकडा अनुसार एक महिनामा मस्कको सम्पतिमा २९ अर्ब डलरको बढोत्तरी भएर कुल सम्पति १९२ अर्ब डलर पुगेको छ ।

अर्कोतर्फ आर्नल्टको सम्पति भने ५ दशमलव २५ अर्ब डलर घटेर १८७ अर्ब डलरमा झरेको छ । सन् २०२३ को पाँच महिनामा मस्कको सम्पति ५५ दशमलव ३ अर्ब डलरले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू