अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

स्वरूपको स्वरमा डा. बस्ताकोटीले सोधेका ‘एउटा प्रश्न’

बिआरटीनेपाल २०८० वैशाख २५ गते १४:४८ मा प्रकाशित

सुगम सङ्गीतका लोकप्रिय गायक स्वरूप राज आचार्यको स्वरमा ‘एउटा प्रश्न’ बोलको गीत द टच क्रियसनले हालै सार्वजनिक गरेको छ ।

साहित्यकार डा. ऋषि बस्ताकोटीको शब्द रचना र राजेश थापाको सङ्गीत रहेको यो गीतको सङ्गीत संयोजन निरोज लामाले गरेका हुन् भने ध्वनि मिश्रण किशोर थापाको रहेको छ । गायक आचार्य स्वयंको अभिनय रहेको म्युजिक भिडियोको छायाङ्कन मुकेश हुमागाईले गरेका हुन् भने सम्पादन विनोद बमको रहेको छ । म्युजिक भिडियोको निर्देशन पूजा ठकुरीले गरेकी हुन् ।

‘जीवनमा धेरैलाई धेरै प्रश्न गरियो । यस पटक भने एउटा प्रश्न आफैंलाई गर्न मन लाग्यो र यो गीत जन्मियो,’ गीतका रचनाकार बस्ताकोटी भन्छन् । गीत सार्वजनिक भएपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताउँदै गीतकार बस्ताकोटीले हेर्ने गीतको जमानामा यो गीत आँखालाई भन्दा पनि कान र मनलाई बढी केन्द्रित गरी बनाइएको प्रस्ट पारे ।

जीवन दर्शन बोकेको गहन गीतमा सहकार्य गर्न पाएकोमा गौरव लागेको बताउँदै सङ्गीतकार राजेश थापाले यसमा आफूले सकेको मिहिनेत गरेको बताए ।

आफ्ना विगतका सिर्जनामा जस्तै यस गीतमा पनि श्रोता/दर्शकको माया पाउनेमा गायक स्वरूपराज आचार्य आशावादी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू