अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३८ | Colorodo: 09:53

केआरएसएले न्यू योर्कमा मे ७ मा उभौली गर्ने

बिआरटीनेपाल २०८० वैशाख १८ गते २१:२२ मा प्रकाशित

न्यू योर्क। किरात राई सोसाइटि अफ अमेरिका (केआरएसए) न्यू योर्क च्याप्टरले यस वर्षको साकेला उभौली मे ७ मा क्वीन्सब्रिज पार्कमा गर्ने भएको छ। आयोजकले उभौलीको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

‘साकेला उभौली केआरएसए न्यू योर्क च्याप्टरले आयोजना गने नियमित कार्यक्रम हो,’ कार्यक्रम संयोजक तथा च्याप्टर उपाध्यक्ष सन्देश राईले भने, ‘यस वर्षको उभौलीको सम्पूर्ण तयारी पूरा भइसकेको छ।’ उनले कार्यक्रमका प्रमुख अतिथी अमेरिकाका लागि नेपाल सरकारका स्थायी प्रतिनीधि अमृतबहादुर राई र विशेष अतिथी डा. शान्तिदेवी राई हुने जानकारी दिए।

 

 

उभौली विहान १० बजे साकेला थान पुजा गरि सुरु हुनेछ । कार्यक्रममा किरात राई संस्कार, संस्कृति झल्किने भेषभुषा, बजागाजा, खानाका परिकार तथा विभिन्न कार्यक्रम रहने छ।

साकेला उभौली र उधौली गरी बर्षमा दुई पल्ट मनाइन्छ । उभौली हरेक वर्ष बैशाख पूर्णिमादेखि र उधौली भने मंसिर पुर्णिमादेखि ठाउँ, चलन र सहजता अनुसार मनाइन्छ।


उभौली किरात राई जाति र विभिन्न जनावर तथा चराचुरुङ्गी गर्मी छल्न बेसीबाट लेकतिर बसाइ सर्ने क्रममा मनाइन्छ भने उधौली जोडो छल्न बेँसी झर्ने क्रममा मनाइन्छ। प्रकृति पुजक किरातीहरु यो समय खेतीपाती र बस्नुभाउ सप्रियोस तथा जीवनमा खुशियाली छाओस भनि पारुहाङ र सुम्निमा सहित पितृ तथा प्रकृतिलाई पुजा गरि आशिर्वाद माग्छन् ।

टेक्सासमा मे १३ मा

यसैगरि केआरएसए टेक्सास च्याप्टरले मे १३ मा साकेला उभौली गर्ने भएको छ। उभौली विगतमा जस्तै डालसको बियर क्रिक पार्कमा हुने आयोजकको भनाइ छ। डालसमा भने साकेला दिउँसो १२ बजेबाट पितृ पुजा गरि सुरु हुनेछ। टेक्सासमा हनुे उभौली कार्यक्रमको संयोजक टेक्सास च्याप्टर उपाध्यक्ष प्रदिप राई छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू