अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०८ | Colorodo: 06:23

‘प्राइमरी’ निर्वाचनमार्फत उमेदवार चयन गर्नुपर्ने माग गर्दै सर्वोच्चमा रिट

बिआरटीनेपाल २०८० वैशाख ११ गते ६:४८ मा प्रकाशित

आम निर्वाचनमा राजनीतिक दलले उमेदवार चयन गर्दा प्राइमरी ९प्रारम्भिक० निर्वाचनबाट छनोट गर्नुपर्ने मागसहित सर्वोच्च अदालतका रिट परेको छ । सोमबार नन्दराज उपाध्यायसहित तीनजनाले प्राइमरी निर्वाचनको माग राखेर सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

रिटमा प्रारम्भिक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ । प्राइमरी निर्वाचन अन्तर्राष्ट्रियस्तरमा अभ्यासमा रहेको एक लोकतान्त्रिक पद्धति हो । यस प्रणालीमा आमनिर्वाचनअघि पार्टीले प्रारम्भिक निर्वाचन गर्छ । जसबाट बढी मत ल्याउने व्यक्तिलाई उमेद्वार बनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू