अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

कर्णालीका मुख्यमन्त्री शर्मा तेस्राे पटक विश्वासकाे मत लिँदै

बिआरटीनेपाल २०८० वैशाख १० गते ६:०६ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आउँदो शुक्रवार प्रदेश सभामा विश्वासकाे मत लिनुहुने भएको छ । शर्माले प्रदेश सभा सचिवालयमा पुगेर विश्वासको मत लिने पत्र दर्ता गराउनुभएको हो ।

शर्माले यसअघि दुई पटक विश्वासकाे मत लिइसक्नुभएको छ । पहिलो पटक माघ ६ गते विश्वासको मत लिनुभएका शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

चैत २७ गते एमालेले समर्थन फिर्ता लिएपछि उहाँले तेस्रो पटक विश्वासकाे मत लिन लाग्नुभएको हो । एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू