अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

राष्ट्रिय सभाको बैठक वैशाख १३ गते बस्ने

बिआरटीनेपाल २०८० वैशाख १० गते ५:५२ मा प्रकाशित

यहि वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै राष्ट्रिय सभाको बैठक वैशाख १३ गतेका लागि बोलाइएको बताउनुभएकाे हाे ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिनुभएको महासचिव गौतमले बताउनुभएकाे हाे । यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू