अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

वर्तमान राज्य व्यवस्था असफल भइसक्यो- विप्लव

बिआरटीनेपाल २०८० वैशाख ९ गते ८:१० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्था असफल भइसकेको टिप्पणी गर्नुभएको छ । नेपाली जनतालाई धेरै निराश र लज्जित बनाउने काम गरेकाले वर्तमान संसदीय व्यवस्था असफल भइसकेको उहाँको जिकीर थियो । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशलाई स्वाधिन बनाउन र नागरिकलाई मालिक बनाउनका लागि बैज्ञानिक समाजवादको विकल्प नभएकाले त्यसका लागि बहसमा जुटन पनि अन्य कम्युनिष्ट पार्टीहरुलाई आग्रह गर्नुभयो ।

जनताको शासन सत्ता ल्याउनका लागि आफ्नो पार्टीले अन्य कम्युनिष्ट पार्टीहरुसँग खुला बहस गर्न चाहेको महासचिव विप्लवले बताउनुभयो । उहाँले रुसमा लेनिनको नेतृत्वमा गरिएको रुसी क्रान्तिको स्मरण गराउँदै नेपालमा पनि निराश जनतालाई माथि उठाउन जनवादी सत्ता ल्याउनुको विकल्प नभएको दोहोर्याउनुभयो । महासचिव विप्लवले नेपालमा बैदेशिक रोजगारी भित्र्याएर नेपाली जनतालाई पराधिन बनाउने कामको सूरुवात काँग्रेसले गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू