अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

राष्ट्रियसभा र रूसी महासंघको फेडेरेसन काउन्सिलबीच अन्तरसंसद् समझदारीपत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०८० वैशाख ७ गते ७:४७ मा प्रकाशित

राष्ट्रियसभा र रूसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलबीचमा अन्तरसंसद् सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रूसी महासंघको संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्कोले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।राष्ट्रियसभा र फेडेरेसन काउन्सिलबीच भएको समझदारीपत्रमा नेपाल र रूसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रवद्र्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

यस्तै, आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेसन र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघलगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू