अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

प्रधानमन्त्री प्रचण्डविरुद्ध रास्वपाले दियाे उजुरी

बिआरटीनेपाल २०८० वैशाख ७ गते ७:२१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उजुरी दर्ता गराएकाे छ ।प्रधानमन्त्री दाहाललाई कारबाही गर्न माग गर्दै रास्वपाले तनहुँ-१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएकाे हाे ।

बाहलवाला प्रधानमन्त्रीले मतदाता प्रभावित पार्ने प्रयास गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दर्ता गराउनु भएकाे हाे । प्रधानमन्त्री प्रचण्डले बुधबार भएको गठबन्धनको चुनावी सभामा आफ्ना उमेदवार गोविन्द भट्टराईले चुनाव जिते मन्त्री बनाउने आश्वासन दिँदै भाषण गरेका गर्नु भएकाे थियाे ।

राज्यशक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्ति निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू