अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

नेपाललाई ‘थ्री नेसन्स’ कपकाे उपाधि, लाओस २–१ ले पराजित

बिआरटीनेपाल २०७९ चैत १७ गते ८:०१ मा प्रकाशित

लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री ‘थ्री नेसन्स’ कपकाे उपाधि जितेकाे छ । फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै आयाेजक नेपालले उपाधि जितेकाे हाे ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । खेलकाे १७ औँ मिनेटमा लाओसका फोन्साक सिसाभाथले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे २४ अ‍ौँ मिनेटमा आयुष घलानले गाेल गर्दै नेपाललाई १–१ गाेलकाे बराबरीमा ल्याउँदा पहिलाे हाफ बराबरीमा सकिएकाे थियाे ।

निकै प्रतिस्पर्धात्मक खेलकाे ८७ औँ मिनेटमा मनिष डाँगीले गाेल गर्दै नेपाललाई २–१ ले जिताए । नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर र उपविजेता लाओसले २५ सय अमेरिकी डलर पुरस्कार पाएकाे छ । प्रतियाेगितामा नेपाल, लाओस र भुटानकाे सहभागिता थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू