अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन- विश्वप्रकाश शर्मा

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:५५ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपका पक्राउ परेकालाई युवालाई थुनामा राख्न नमिल्ने बताउनुभएको छ । आज मङ्गलवार ट्वीट गर्दै महामन्त्री शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताउनुभयो । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक रहेको उहाँले ट्विटरमा लेख्नुभएको छ । महामन्त्री शर्माले थुनामा रहेका युवालाई तत्काल रिहा गर्न प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभएको छ ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो ! आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु’, शर्माले ट्विटरमा लेख्नुभएको छ । गएको चैत ७ गते प्रधानमन्त्री प्रचण्ड एक कार्यक्रममा सहभागी हुन नयाँ बानेश्वरमा गएका बेला तीन जना युवाले उहाँविरुद्ध नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले तीनै जनासँग अभद्र व्यवहार मुद्दामा जनही पाँच हजार रुपैयाँ धरौटी मागेकोमा उनीहरूले धरौटी तिर्न अस्वीकार गरेपछि हिजो सोमवार जेल चलान भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू