अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

लोकप्रिय समाचारवाचिका कृष्णा ताम्राकारको निधन

बिआरटीनेपाल २०७९ चैत १० गते ७:२२ मा प्रकाशित

लकप्रिय समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको हो । विसं. २०१८ सालपछि रेडियो नेपालबाट प्रशारण हुने समाचारमा सुनिने सशक्त ध्वनि सधैंका लागि विलीन भएको छ।

पछिल्लो केही वर्षदखि क्यान्सर पीडित ताम्राकार निमोनिया भएपछि अस्पताल भर्ना हुनुुभएको थियो । रेडियो नेपालमा समाचार मात्रै नभएर उहाँले विभिन्न रेडियो कार्यक्रम उत्पादन गर्दे आउनुुभएको थियो ।

करिब ६० वर्ष रेडियोमा काम गरेकी ताम्राकारले सुरुमा हिन्दी, पछि नेवारी र नेपाली भाषामा समाचार वाचन गर्नुुभएको थियो । रेडियो नेपालबाट २०४९ सालमा अवकाश लिएर पनि ताम्राकार सञ्चारकर्ममै सक्रिय हुुनुुहुुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू