अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय

बिआरटीनेपाल २०७९ चैत ९ गते ६:१५ मा प्रकाशित

भारतमा कांग्रेस आईका नेता राहुल गान्धीलाई एक अदालतले २ वर्षको जेल सजाय सुनाइएको छ । गुजरातको सुरत जिल्ला अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीको मुद्दामा गान्धीलाई २ वर्षको जेल सजाय सुनाइएको हो । तर गान्धी जेल भने जानुहुने छैन । किनकी जेल सजाय सुनाइएपछि नै उहाँलाई जमानतमा छाड्न समेत आदेश दिइएको छ ।

सन् २०१९ मा नै गान्धीलाई आपराधिक मानहानी मुद्दामा दोषी ठहर गरिएको थियो । त्यस बेला उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै मोदी थरको विषयमा भद्दा टिप्पणी गर्नुभएको थियो । उहाँलाई यस्तो आदेश दिएपनि तत्कालै अदालतले १० हजार धरौटीमा रिहा गर्न पनि आदेश दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू