अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४७ | Colorodo: 01:02

श्रीलंकामा डलर संकटको अन्त्य भएको घोषणा

बिआरटीनेपाल २०७९ चैत ७ गते ७:१० मा प्रकाशित

केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत अत्यावश्यक सामान समेत आयात गर्न नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ ।श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दनलाल विरासिंघेले डलर संकटको समस्या समाधान भएको बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दुई अर्ब ९० करोड डलरको स्वीकृति गर्ने भएसँगै गभर्नर विरासिंघेले डलर संकटको अन्त्य भएको बताउनुभएको हो ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ । करिब एक वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बेलआउट प्याकेज स्वीकृत गरेकोमा आईएमएफलाई धन्यवाद दिनुभएको छ । श्रीलंकाका विदेशमन्त्री अली साबरीले सरकारी कम्पनीहरूको पुनर्संरचना र राष्ट्रिय वायुसेवाको निजीकरण गरेर थप रकम जुटाइने बताउनुभएको छ ।सन् २०२२ मा दक्षिण एसियाली मुलुक श्रीलंका गम्भीर आर्थिक संकटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग वार्ता सुरू गरेको थियो ।

सञ्चितिको अभाव र समस्याग्रस्त अर्थतन्त्रको कारण एक वर्षअघि १२ अप्रिल २०२२ मा श्रीलंकाले ५० अर्बभन्दा बढी वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गरेको थियो । श्रीलंकाको लागि ठूलो ऋण लगानी गरेको चीनले ऋण तिर्नको लागि पुनःसंरचना गर्ने भएपछि आइएमएफले पनि ऋण प्रदान गर्ने सहमति जनाएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू