अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३५ | Colorodo: 17:50

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन हाल्न एमाले अध्यक्ष ओलीको निर्देशन

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:१६ मा प्रकाशित

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी संसद्मा प्रस्तुत गरिएको विधेयकमा संशोधनको तयारी गर्न सांसदहरुलाई निर्देशन दिनुुभएको छ । नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कुन कुन बुँदामा कसरी तयारी गर्ने भनेर बताइने जानकारी दिनुुभयो ।

संसदमा टीआरसीसम्बन्धी विधेयक आएको अवस्थामा। कुन कुन विषयमा संशोधन गर्ने भनेर बुँदाबुँदामै बताईने ओलीको भनाई थियो । सरकारले बेपत्ता नागरिक छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक आइतबार संसद्मा टेबुल गरेको छ । सो विधेयकमाथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिइएको छ । एमालेले विधेयकलाई सम्बन्धित समितिमा पठाउन माग गर्दै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू