अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

राष्ट्रपतिलाई आयोगले बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन

बिआरटीनेपाल २०७९ चैत ५ गते ८:०५ मा प्रकाशित

निर्वाचन आयोगले गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार एक समारोहबीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई उक्त प्रतिवेदन बुझाउनुुभएको हो ।

यस क्रममा राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताउनुुभयो । साथै उहाँले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद व्यक्त गर्नुुभयो ।

प्रमुख आयुक्त थपलियाले यस वर्ष आयोगका लागि निर्वाचन वर्ष भएको भन्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराउनुुभएको थियो । कार्यक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू