अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 00:08

राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक संसद्मा दर्ता

बिआरटीनेपाल २०७९ चैत ५ गते ८:०३ मा प्रकाशित

सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरू मिलेर संघीय संसद्मा गैरसरकारी विधेयक दर्ता भएको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरूले संयुक्त रूपमा गैरसरकारी विधेयक दर्ता गराएका हुन् । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक आइतबार दर्ता भएको जानकारी दिनुुभयो । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व हुनेगरी गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, प्रकाश पन्थ, प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखरकुमार सिंहले संयुक्त रुपमा गैरसरकारी विधेयक दर्ता गरेका हुन् । अछामी माओवादी केन्द्र, दाहाल एमाले, पन्थ कांग्रेस, भुसाल एकीकृत समाजवादी, प्रमिला कुमारी जनता समाजवादी पार्टी र सिंह लोकतान्त्रिक समाजवादी पार्टीका सांसद हुन् ।

सहायक प्रवक्ता धमलाका अनुसार उक्त गैरसरकारी विधेयकमा सरकारी एवं सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनमा योगदान गरेका विशिष्ट व्यक्तिहरूको मर्यादाक्रम, अतिविशिष्ट तथा विशिष्ट पदाधिकारीलाई गरिने सम्बोधन तथा राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने, सलामी दिने जस्ता विषयहरू समावेश भएका छन् । विधेयक प्रस्तुतकर्ता सांसदहरूको तर्फबाट प्रकाश पन्थले उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराउनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू