अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

ए.एन.ए.को २०२३ सम्मेलन कोलोराडोको डेनभरमा हुने निर्णय

बिआरटीनेपाल २०७९ फागुन २४ गते १६:३६ मा प्रकाशित

कोलोराडो । अमेरिकामा नेपालीहरूको परिचय स्थापना गर्न, हाम्रो भाषा र संस्कृतिको जगेर्ना गर्न र यसलाई दोस्रो पुस्ता सम्म हस्तान्तरण गर्न, अमेरिकामा रहेका नेपालीहरूको बिचमा नेटवर्कको विकास गरी अमेरिकी जीवन सहज बनाउन र आवश्यक पर्दा हाम्रो मातृभूमि नेपाललाई सहयोग गर्ने उद्देश्यले सन् १९८३ मा स्थापित नेपालीहरूको उत्तरी अमेरिकाकै पहिलो संस्था ए.एन.ए.ले सन्ने २०२३ को सम्मेलन कोलोराडोको डेनभरमा गर्ने भएको छ ।

ए.एन.ए.अध्यक्ष विजयराज भट्टराईले बिआरटि नेपाललाई दिनुभएको जानकारी अनुसार यस कन्भेन्सनमा सहकार्यको निमित्त रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (RMFN), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर, एन.आर.एन.ए. कोलाराडो च्याप्टर लगायत सम्पूर्ण डेनभरका स्थानीय नेपाली सङ्घ संस्थाहरुसंगको सहकार्यमा हुनेछ । धेरै स्थानीय सङ्घ संस्थाहरूले सहकार्यको निमित्त एकबध्यता जनाइसक्नु भएको छ भने केही संस्थाहरू, स्थानीय व्यापारी, बुद्धिजीवी, विद्यार्थी सबैको उल्लेख्य उपस्थिति र सहकार्यमा सम्मेलन हुनेछ ।

ए.एन.ए. सम्मेलनको समन्वय तथा स्थानीय नेतृत्व समाजसेवी ए.एन.ए. बोर्ड अफ डिरेक्टर विनोद त्रिपाठीले गर्नु हुनेछ । त्रिपाठी रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (RMFN) को दुई टर्म अध्यक्ष भइसकेको र स्थानीय रूपमा भिजेको व्यक्तित्व हुनुहुन्छ । उक्त सम्मेलन आगामी जुन ३०, जुलाईको १ र २ गरी तीनको हुनेछ ।

ए.एन.ए.द्वारा जारी गरिएको जानकारीमा उक्त तीन दिन अमेरिका भरिका नेपाली सङ्घ संस्थाहरुलाई उक्त दिनहरूमा कुनै कार्यक्रम नराखी सबैलाई कोलोराडोमा भेला भई एकाबध्यता जनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू