अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५७ | Colorodo: 04:12

सुदूरपश्चिमबाट उदायौँ, एमालेलाई धक्का दियौँ- अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७९ माघ २८ गते ६:३१ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको बताउनुभएको छ ।शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेप्रति इंगित गर्दै एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको दाबी गर्नुभयो ।

उहाँले नेकपा एमालेले अन्तिममा आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताउनु भयो । अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरुलाई देखाइदिएको बताउनु भयो । उहाँले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्ने बताउनु भयो ।अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दुषित रहेको बताउनु भयो । उहाँले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताउनु भयो । उहाँले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरुलाई एकीकृत समाजवादी पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताउनु भयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले सुदूरपश्चिममा सरकारमा रहनु नै एमालेको लागि धक्का भएको पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू