अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

विवेकशील साझाको पहिलो महाधिवेशन शुरु

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:१० मा प्रकाशित

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरू भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । समारोहमा शुभकामना दिन विवेकशील साझाले अरू पार्टीका नेताहरूलाई पनि बोलाएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायतले सम्बोधन गर्नुभएको छ ।

पार्टीकी नेता रञ्जु दर्शना र मिलन पाण्डे, प्रकाशचन्द्र परियार लगायतले उद्घाटन समारोहमा सम्बोधन गर्नुुभएको थियो । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । उनीहरूले नै पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन्। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ। अहिलेकी अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेदार रहनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू