अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४
| Colorodo: 20:19
स्पेस एक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि बढेमा अर्को महिना पहिलो पटक अन्तरिक्षमा प्रक्षेपण गर्ने बताएका छन् । नासाका अन्तरिक्ष यात्रीलाई चन्द्रमामा उडाउने लक्ष्यका साथ गत वर्षदेखि स्पेसएक्सले आफ्नो नयाँ पुस्ताको ‘डिप स्पेस ट्रान्सपोर्टेशन सिस्टम’ को प्रदर्शन उडान गर्ने योजना बनाइरहेको हो । मस्कले ट्वीट गर्दै अन्य परीक्षणहरूले सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
स्पेस एक्सले चन्द्रमा र मंगल ग्रहमा मानिस र कार्गो बोक्नका लागि स्टारशिपको विकास गरिरहेको छ । ‘स्टारशिप’ अहिलेसम्मकै सबै भन्दा शक्तिशाली प्रक्षेपण यान हुने र यसले पृथ्वीको तल्लो कक्षमा १ सय टन कार्गो बोक्न सक्ने दावी गरिएको छ ।