अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 17:46

परराष्ट्र मन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेटवार्ता

बिआरटीनेपाल २०७९ माघ २१ गते ६:१४ मा प्रकाशित

परराष्ट्र मन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ ।श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा पुग्नु भएको मन्त्री पौड्यालले शुक्रबार राति प्रधानमन्त्री गुणबर्द्धनेसँग भेट गर्नुभएको हो ।

भेटवार्तामा उहाँहरूले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्र मन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नु भएको थियो ।

उहाँले शनिबार नै श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू