अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४५ | Colorodo: 00:00

पाँच लाख पर्यटकलाई फ्रि टिकट बाँड्ने हङकङ सरकारको घोषणा

बिआरटीनेपाल २०७९ माघ २० गते ६:५५ मा प्रकाशित

हङकङ सरकारले कोभिडले थला परेको पर्यटन उद्योगलाई पुनर्जिवित गर्न पाँच लाख वटा फ्रि उडान टिकट बाँड्ने घोषणा गरेको छ ।“हेल्लो हङकङ” कार्यक्रम सुरू गर्दै हङकङ सरकारले हङकङको ध्वजाबाहक क्याथे प्यासिफिक, हङकङ एक्सप्रेस र हङकङ एयरलाइन्सका ५ लाख टिकट फ्रि वितरण गर्ने घोषणा गरेको हो । त्यसका लागि झण्डै साढे २५ करोड डलर खर्च हुने अनुमान गरिएको छ ।

तीन तरिकाले फ्रि टिकट बाँडिने छ । जस अनुसार पहिलो चरणमा आगामी मार्च १ देखि दक्षिणपूर्वी एशिया, अप्रिल १ देखि मूख्यभूमि चीन र मे १ देखि बाँकी विश्वका पर्यटकहरुलाई टिकट वितरण गरिने छ । जुलाई १ बाट केही टिकट हङकङवासीलाई पनि टिकट उपलब्ध गराइने छ ।

यस अभियान अन्तर्गत हङकङ पुग्नेहरुलाई पहिले पहिलेका भ्रमणमा भन्दा फरक अनुभूति दिलाउने घोषणा पनि गरिएको छ । कोरोना अघि हङकङमा वार्षिक साढे पाँच करोड बढी पर्यटक पुग्ने गर्दथे । गत वर्ष एक लाख मात्रै पर्यटक हङकङ पुगेको तथ्यांक छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू