अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

आईएसका उच्च नेता सुडानी सोमालियामा मारिएको अमेरिकाको घोषणा

बिआरटीनेपाल २०७९ माघ १३ गते ५:३८ मा प्रकाशित

अमेरिकाले अन्तर्राष्ट्रिय आतङ्कवादी संस्था आईएसका उच्च नेता विलाल अल सुडानी सोमालियामा मारिएको घोषणा गरेको छ ।अमेरिकी सेनाले सोमालियामा गएको बुधवार गरेको कारबाहीमा सुडानीको ज्यान गएको अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुडानी मारिनु अमेरिका र सहयोगी देशका लागि सुखद खबर भएको रक्षामन्त्री अस्टिनको भनाइ छ ।

सुडानीको गतिविधिको लामो अध्ययनपछि राष्ट्रपति जो बाइडेन, रक्षामन्त्री अस्टिन र अमेरिकी सेनाका संयुक्त प्रधान सेनापति मार्क मिलेको अनुमति र निगरानीमा कारबाही गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । सुडानीले अफ्रिकी देश तथा अफगानिस्तानमा आईएस गतिविधिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने गरेको अमेरिकाको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू