अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः प्रकाशरण महत

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:२५ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताउनुभएको छ । शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताउनु भयो । उहाँले राष्ट्रपति/उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने भन्ने बारेमा सत्ता गठबन्धनले आगामी दिनमा सोच्नुपर्ने बताउनु भयो ।नेपाली काँग्रेसका प्रवक्तासमेत रहनुभएका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल हुनुभएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू