अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

बिआरटीनेपाल २०७९ माघ ६ गते ६:१० मा प्रकाशित

नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ललितपुरको सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो । उपचारमा संलग्न चिकित्सक पेट रोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

चिकित्सकले पुनलाई बेलाबेलामा फलोअप चेकअपमा आउन सुझाव दिएका छन् । पुनको कलेजोमा ८५ प्रतिशतसम्म समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । कलेजो प्रत्यारोपण नगरेमा विभिन्न स्वास्थ्य जटिलता देखिने डा. शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू