अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीलाई विश्वासकाे मत

बिआरटीनेपाल २०७९ माघ ५ गते ४:२० मा प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ । दाङको देउखुरीमा रहेको प्रदेश सभा बैठकमा आज बिहीवार भएको मत विभाजनमा मुख्यमन्त्री गिरीले बहुमत सांसदको मत पाउनुभएको हो । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नुभएका गिरीलाई नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र गरी ५७ जना सांसदले मत दिएका छन् ।

नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका २८ जना सांसदले गिरीको विपक्षमा मतदान गरेका छन् । लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेका छन् । गिरी गएको पुस २७ गते ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू