अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

दक्षिण अफ्रिकामा ट्यांकर विस्फोट: १० जनाको मृत्यु, ४० घाइते

बिआरटीनेपाल २०७९ पुष १० गते ५:३० मा प्रकाशित

दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ । विस्फोटमा परी ४० जना घाइते भएका हुन् । जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी भएको हो । अग्नीनियन्त्रहरुले आगलागी नियन्त्रणको प्रयास गर्दा विस्फोट भएको हो ।

विस्फोटका कारण अस्पतालको छतको केही भाग भत्केपछि बिरामीहरुलाई अन्यत्र सारिएकाे थियो । विस्फोटका कारण केही सवारीसाधनमा क्षति पुगेको छ । घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू