अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

पोखरा विमानस्थलमा प्रदर्शन उडानको सुरुवात

बिआरटीनेपाल २०७९ पुष ७ गते ४:१७ मा प्रकाशित

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुवात गरिएको छ । विमानस्थलमा आज बिहीवार यति एअरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ बजेर १५ मिनेटमा पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर २७ मिनेटमा अवतरण भएको जानकारी दिनुभयो ।

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिकरूपमा विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएको र अवतरण पनि सहज भएको बताउनुभयो । विमानस्थल आउँदो पुस १७ देखि सञ्चालनमा आउन लागेको छ । विमानस्थलमा बुद्ध एअरले पनि दिउँसो ३ बजेर ६ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ ।

प्रतिक्रिया